Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले निर्वाचन अगाडि नै विज्ञापन खोल्ने

0 92

धनगढी, २७ माघ। सुदूरपश्चिममा प्रदेश लोकसेवा आयोगले विज्ञापन खोल्ने भएको छ। आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले नीतिगत अस्पष्टता हटाउने निर्णय गरेपछि प्रदेश लोकसेवा आयोगले निर्वाच अगाडि नै विज्ञापन खोल्ने भएको हो।

प्रदेश सरकारका प्रवत्ता समेत रहेकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीका अनुसार आजको मन्त्रिपरिषद् बैठकले संघीय सरकारको स्वीकृत दरबन्दीअनुसार प्रदेशको मन्त्रालय र मातहतका निकायमा रिक्त दरबन्दीमा कर्मचारी भर्ना गर्न लोकसेवालाई लेखी पठाउने निर्णय गरेको छ।

‘अबको एक साताभित्रै सबै मन्त्रालयले माग आकृति फाराम भरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत आयोगलाई बुझाउने  छन्। यता लोकसेवा आयोगका सचिव दुर्गादत्त बिष्टले भने माग आकृति फाराम भरेर आइसकेपछि क्यालेन्डर बनाएर विज्ञापन गरिने जनाए। आयोगले पटकपटक खाली रहेका दरबन्दी पदपूर्तिका लागि विवरण पठाउन स्थानीय तह र प्रदेश सरकारलाई आग्रह गर्दै आएको थियो। सुदूरपश्चिम प्रदेशमा २३ सय बढी स्वीकृत दरबन्दी रहेकोमा झण्डै ४५ प्रतिशत रिक्त रहेको छ। 

School
टिप्पणीहरू
Loading...