Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सुदूरपश्चिम पुगेर प्रचण्डले भने – सिट बाँडफाँड चाँडै हुन्छ

0 109

धनगढी, २१ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटको बिषय चाँडै टुंगो लाग्ने बताएका छन् ।

सुदूरपश्चिम प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्न धनगढी पुग्न भएका अध्यक्ष प्रचण्डले प्रेस सेन्टर नेपाल कैलालीले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा साे कुरा बताएका हुन् ।

मंगलबार साँझसम्म कार्यदल स्तरबाट सहमतिको प्रयास भइरहेको र बुधबार शीर्ष नेताहरूको बैठकबाट सिट बाँडफाँडको बिषय टुंगो लाग्ने उनकाे तर्क छ ।

त्यस्तै, प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल मनोनयनको अघिल्लो दिनसम्म रहने कुरामा सरकार र सत्तारुढ गठबन्धन स्पष्ट रहेको दाहालको भनाइ थियो ।

प्रतिनिधिसभामा संसद्को कार्यकाल लम्ब्याउने व्यवस्थासहितको कानुन संशोधन विधेयक ल्याएकोमा दाहालले त्यसो नगरिने बताए । ‘संसद्को कार्यकाल एकदिन पनि यताउता गर्नु हुँदैन भन्ने हो । मनोनयनपछि
संसद् एक दिन पनि रहँदैन,’ उनले भने ।

पत्रकार सम्मेलन प्रेस सेन्टर नेपाल कैलालीका अध्यक्ष तेराज भट्टकाे अध्यक्षतामा भएकाे हाे ।

School
टिप्पणीहरू
Loading...