Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ सुरु

0 29

धनगढी,३ पुस । सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ सुरु भएको छ । साइकल यात्रामार्फत सुदूरपश्चिममा रहेका पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यले आजदेखि सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ सुरु भएको हो ।

साइकल यात्राको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्धघाटन गरेका हुन् । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना र फारवेष्टर्न राइडरको सहकार्यमा पुस ३, ४ र ५ गते सम्म साइकल यात्रा चल्ने छ ।

साइकल यात्रामा भारतका राइडरहरुको पनि सहभागिता रहेको छ । शनिबार बिहान धनगढीदेखि गोदावरी, खानीडाडाँ हुदै डोटीको बुडरसम्म साइकल यात्रामा हिडको फारवेष्टर्न राइडर क्लबका अध्यक्ष भरत विक्रम शाहले बताए ।भारतको गाजियावाद, नैनीताल, बरेली र विहारका ८ जना सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८मा सहभागि रहेको उनले बताए ।

यस्तै नेपालको काठमाडौं, ललितपुर, नवलपरासी, भैरहवा, दाङ, बाँके र कञ्चनपुरबाट पनि साइकल यात्री सहभागि छन् । यात्राको अन्तिम तथा तेस्रो दिन बुडरमा साइकल रेस प्रतियोगिता समेत आयोजना गर्ने तयारी भएको छ । निसर्ग अस्पतालको स्पोन्सरसीपमा आयोजना गरिने प्रतियोगिताका विजेताहरूलाई पुरस्कार समेतको व्यवस्था गरिएको छ ।

डोटीको छतिवन तालदेखि महाकाली राजमार्गसम्मको ५ किलोमिटर दुरुमा आयोजना गरिने साइकल रेसका विजेतालाई १५ हजार, उपविजेतालाई १० हजार र तृतीयलाई ५ हजार रुपैयाँ पुरस्कार निसर्ग अस्पतालले स्पोन्सर गरेको छ ।

साइकल यात्रामा सहभागीलाई विभिन्न गाउँमा स्वागत गर्नका लागि विभिन्न सांस्कृतिक कार्यक्रम समेत राखिएको प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका पर्यटन विकास कार्यक्रम इकाइका निमित्त प्रमुख भोजराज पाठकले बताए ।

School
टिप्पणीहरू
Loading...