Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सुदूरपश्चिममा सिटिइभिटीले नयाँ कार्यक्रमहरु ल्याउने

0 89

धनगढी,८ चैत । सुदूरपश्चिममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले विद्यार्थीहरुका लागि नयाँ कार्यक्रमहरु ल्याउने भएको छ ।  

आज (मंगलबार) धनगढीमा आयोजित सिटिइभिटीको गुणस्तर सुनिश्चितता, शिक्षण संस्थाका लागि समभावना र चुनौती विषयक कार्यशाला गोष्ठीमार्फत यस्तो जनाइएको हो।

एक दिने प्रदेश स्तरीय गोष्ठीमा सिटिइभिटीका सुदूरपश्चिमका प्रमुख कुष्माकार भट्टले अब चाडै नै संघ, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरेर विद्यार्थीका लागि नयाँ नयाँ कार्यक्रम तथा योजनाहरु ल्याइने बताए।

275766660 513581876797317 3904266609695285315 n

अब प्राविधिक धारका विद्यार्थीलाई शिक्षा मात्र नदिएर कामको संसारसँग जोड्ने खालका कार्यक्रमहरु ल्याइने उनले बताए। भावि कार्यक्रममा  यथार्थपुरक स्वमुल्याङकन गर्ने, सामुदायिक निजि सहकार्यको योजना गर्ने, मर्जिङ मोडालिटि बनाउने,नयाँ कार्यक्रमको पाइलटिङ सचेतना सहकार्य अध्ययनगर्ने, शैक्षिक गुणस्तरको अवस्था पहिचान गुणस्तर सुधार अभिवृद्धि तथा सुनिश्चितता गर्ने लगायतका कार्यक्रम रहेको उनले बताए ।

अहिले प्रदेशभरी पाँच वटा आंगिक दुई वटा साझेदारी १२६ वटा टेक्स, सम्बन्ध प्राप्त निजि ३० र छोटो अवधिका सम्बन्ध प्राप्त ११० वटा सिटीभिटी अन्र्तगत शिक्षण संस्था रहेको जनाएको छ ।  यस्तै गरिवी निवारण तथा व्यावसायिकतासंग सम्बन्धित कार्यक्रम पनि ल्याउन सरकारसँग छलफल भइरहेको सिटिइभिटीका सुदूरपश्चिमका प्रमुख भट्टले बताए । सिटिइभिटीले आयोजना गरेको उक्त गोष्ठीमा प्रदेशका सम्पूर्ण जिल्लाबाट प्रतिनिधिहरु सहभागी रहेको थियो । 
 

School
टिप्पणीहरू
Loading...