Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सुदूरपश्चिममा नागरिक उन्मुक्तिले रामेश्वर र लक्ष्मणकिशोरलाई मन्त्री बनाउने

0 11

धनगढी २९ बैशाख/ नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाउने भएको छ।बिहीवार दिउँसो बसेको नाउपा संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम सरकारमा दुई जनालाई पठाउने निर्णय गरेको हो।

संसदीय दलका नेता घनश्याम चौधरीले सरकारमा सहभागी हुन निर्णय गरेको जानकारी दिए। टीका थापा बाहेकका ६ जना प्रदेशसभा सदस्य सहभागी बैठकले रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई सरकारमा पठाउने निर्णय समेत गरेको छ। रामेश्वर पूर्व दल नेता र लक्ष्मणकिशोर निवर्तमान प्रमुख सचेतक हुन्। उनीहरुलाई मन्त्री बनाउन पद्बाट हटाइएको थियो।

नागरिक उन्मुक्ति पार्टीले सामाजिक विकास र भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसहित एक राज्यमन्त्री र प्रदेशसभाको सामाजिक विकास समितिको सभापतिको माग गर्दै आएको छ। तर नेकपा माओवादी केन्द्रले समेत सामाजिक विकास मन्त्रालयसहितका तीन मन्त्रालय पाउनुपर्ने माग राखेको छ। नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठक बस्नुअघि प्रदेशसभा सदस्यहरुले सरकार विस्तारका सम्बन्धमा मुख्यमन्त्री कमलबहादुर शाहसँग छलफल गरेका थिए। दलहरुबीच भागबण्डा नमिलेकै कारण मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्।

School
टिप्पणीहरू
Loading...