Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सुदूरपश्चिममा कस्तो छ बन्दको प्रभाव ?

0 71

कैलाली, ७ भदौं ।। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले मंगलबारका लागि घोषणा गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिममा पनि देखिएको छ। केपी शर्मा वली नेतृत्वको तत्कालीन सरकारले नेपाल कम्युनिष्ट पार्टीसँग गरेको तीन बुँदे सहमति कार्यान्वयन, नेता कार्यकर्ताको रिहाइ र जारी पक्राउ पुर्जी विरूद्ध विप्लव नेतृत्वको माओवादी लगायत ४ कम्युनिष्ट पार्टी द्वारा नेपाल बन्द गरिएपछि जनजिवन प्रभावित भएको हो ।

बन्दका कारण कैलालीका टीकापुर, लम्की, बौनियाँ, सुखड, पहलमानपुर, मसुरिया, चौमाला, अत्तरिया, धनगढी, जोशीपुर, भजनी, हसुलिया, चिसापानी लगायतका वजार क्षेत्र पूर्णरूपमा बन्द रहेका छन् । पूर्व पश्चिम राजमार्गमा चल्ने लामो तथा छोटो दुरीका कुनै पनि सार्वजनिक सवारी साधन चलेका छन् भने बजारमा मोटरसाइकल र अटोरिक्सा फाट्टफुट्ट चलेका देखिन्छन् । 
साथै मंगलवार बिहानैदेखि धनगढीलगायत सुदूरपश्चिम प्रदेशका सडक र चोकहरूमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो रहेको छ । 

प्रदेशभरिका बस टिकट काउन्टर बन्द अवस्थामा छन् । यात्रुहरू गन्तब्य सम्ममा नपुग्दा अलपत्र अवस्थामा छन् । त्यस्तै जिल्लाभरका शिक्षण संस्था समेत बन्दका कारण ठप्प नै रहेका छन् । प्रहरीले सुदूरपश्चिमका विभिन्न भागबाट १५ जना बन्दकर्तालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार बाजुरामा १०, कञ्चनपुर ३ र डोटीमा २ गरी १५ जना बन्दकर्तालाई नियन्त्रणमा लिइएको हो । 

त्यस्तै विभिन्न स्थानमा बन्दकर्ता द्वारा राखिएको अनुमान गरिएका शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीद्वारा निष्क्रिय पारिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं डीएसपी वेदप्रकाश जोशीका अनुसार अत्तरिया धनगढी ६ लेन सडक खण्डको मोहना पुल, अत्तरिया चोक, पूर्व पश्चिम राजमार्गको हरैया शिविर नजिकै फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।  

उता बैतडीको सतबाँझमा भेटिएको शंकास्पद वस्तु पनि नेपाली सेनाले निष्क्रिय पारेको छ । मंगलबार बिहान सतबाँझ–गोकुलेश्वर सडकखण्ड अन्तर्गत सुर्नया गाउँ पालिका जाने गेट नजिकै सडक र भण्डारी आयल स्टोर नजिकै सडक किनारमा राखिएको शंकास्पद वस्तु डिस्पोज गरिएको हनुमानध्वज गुल्मका गुल्मपति सेनानी गोविन्द थापाले जनाएका छन् ।
 

School
टिप्पणीहरू
Loading...