Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सुदूरपश्चिमको मुख्यमन्त्रीमा रावल नियुक्त

0 32

कैलाली, २७ पाैष ।। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावल नियुक्त भएका छन् । रावललाई प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को २ बमोजिम बुधवार मुख्यमन्त्री नियुक्त गरेका हुन् । सुदूरपश्चिम प्रदेशसभाका ५३ जना सदस्यमध्ये २९ जना सांसदको हस्ताक्षरसहित रावलले बुधवार नै मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । सुदूरपश्चिममा बहुमतका लागि २७ सिट आवश्यक पर्छ ।

रावललाई माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एकजना प्रदेशसभा सदस्यले समर्थन गरेका छन् । एमाले पोलिटब्यूरो सदस्य समेत रहेका रावल कञ्चनपुरबाट समानुपातिक प्रणालीबाट एमालेको प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । प्रदेश प्रमुखको कार्यालयले बिहीबार बिहान मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम राखेको छ । यहाँ प्रदेश सरकारको नेतृत्व माओवादी र एमालेले साढे दुई÷दुई वर्ष गर्ने सहमति भएको छ ।

नागरिक उन्मुक्ति पार्टीले निर्णय लिन ढिलाई गर्दा प्रदेश प्रमुखले तोकेको अन्तिम समयमा आएर मात्रै रावलले मुख्यमन्त्रीमा आफ्नो दावी पेश गरेका थिए । नागरिक उन्मुक्तिले मुख्यमन्त्रीमा रावललाई अन्तिम समयमा आएर समर्थन गरेको थियो । पार्टीका संस्थापक रेशमलाल चौधरीसँग भएको सहमति अनुसार उन्मुक्ति पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरीले समर्थन गरेको बताए ।

‘केन्द्रमा वार्ता भइरहेकाले निर्णय आउन ढिलाई भएको हो । जेलमा रहेका रेशम चौधरी र माओवादी केन्द्र बीच बार्ता भइरहेको थियो । माओवादीबाट कमिटमेन्ट आउन ढिलाई भएका कारण यहाँ ढिलो भएको हो’ उनले भने ‘जसअनुसार माघ महिना भित्रमा टीकापुर घटनामा झुटा मुद्धा लगाइएको छ । ति मुद्धा अध्यादेश वा कुनै विधेयक ल्याएर सामाधान गर्छै भनेका छन ।’

FB IMG 1673439050624
School
टिप्पणीहरू
Loading...