कठरिया सन्देश

२० फाल्गुन २०८०, आईतवार

  • gold Teach Computer
    gold Teach Computer
  • सुदूरपश्चिमका पहाडी जिल्लाका सबै सडक अवरुद्ध

    सुदूरपश्चिमका पहाडी जिल्लाका सबै सडक अवरुद्ध
    Spread the love

    कैलाली, ३ कार्तिक । सुदूर पश्चिमका सात पहाडी जिल्ला जोड्ने अधिकांश सडक पहिरोले अवरुद्ध भएका छन् । सात वटै पहाडी जिल्ला जोड्ने सडकहरुमा दर्जनौ स्थानमा पहिरो गएका कारण तत्काल सडक सञ्चालनमा आउन समेत कठिनाई भएको छ ।

    कैलालीको चुरे गाउँपालिकाको फल्टुडे र भासु क्षेत्रमा गएको पहिरो हटाएर झण्डै २० घण्टापछि हिजो साँझ सडक सञ्चालनमा आएपनि पुनः भीमदत्त राजमार्गका बिभिन्न ठाउँमा गएको पहिरोका कारण सडक अवरुद्ध भएको छ ।

    धनगढी–जोड्ने भीमदत्त राजमार्ग, डडेल्धुरा–डोटी, डडेल्धुरा–बैतडी, बैतडी–बझाङ, बैतडी–दार्चुला, डोटी–अछाम, अछाम–बाजुरा जोड्ने सडक खण्डका बिभिन्न स्थानमा पहिरो गएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक बिक्रम चन्दले बताए ।

    उनले सुदूर पश्चिमका सात वटा पहाडी जिल्ला जोड्ने सम्पुर्ण सडकहरु पहिरोका कारण अवरुद्ध भएको बताए ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD