Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सुखडमा सन नेपाल लाइफ इन्स्योरेन्स द्धारा अभिकर्ता सम्मान कार्यक्रम

0 37

पहलमानपुर, ७ कार्तिक ।। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कैलालीमा आफ्ना अभिकर्ताहरुलाई सम्मान गरेको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. १ सुखडमा एक कार्यक्रम आयोजना गरि सो कम्पनीले धनगढी साखा अर्न्तगत कार्यरत अभिकर्ताहरुलाई सम्मान गरेको हो ।

5

सन नेपाल लाइफ इन्स्योरेन्स सुखड उपसाखा प्रमुख शाहदेव चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी कम्पनीका महाप्रबन्धक कमल राज गौतम रहेका थिए । सो कम्पनीका सुखड र मसुरिया उपसाखामा कार्यरत अभिकर्ताहरु मध्ये बाट प्रथम, द्धितिय र तृतिय सहित गत आर्थिक बर्षमा मार्केटिङ्ग म्यानेजर बन्न सफल भएका अभिकर्ताहरुलाई सम्मान गरिएको हो ।

अभिकर्ताहरुलाई सम्मान गर्दै महाप्रबन्धक गौतमले जिवन विमा सबैलाई आवश्यक पर्ने कुरा हो तर यसको बारेमा अझै पनि धेरै मानिसहरु जानकार हुन नसक्दा बिमा प्रति लोकप्रियता बढ्न नसकेको बताए । उनले भने जिवन बिमा सम्बन्धि पुर्ण र सत्य, तथ्य जानकारी दिएर मात्र बिमा गराउनु हरेक अभिकर्ताहरुको धर्म हो ।

6

उक्त कम्पनीका धनगढी साखा प्रमुख लक्ष्मीकान्त जैशीले संचालन गरेको कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध ४५ भन्दा बढि मार्केटिङ्ग म्यानेजरहरुलाई सम्मान गरिएको थियो ।

टिप्पणीहरू
Loading...