Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सुखडमा आयाेजित घोडाघोडी महोत्सव सम्पन्न

0 69

पहलमानपुर, २९ फागुन ।। कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा आयाेजित घोडाघोडी महोत्सव २०७९ अईतवार सम्पन्न भएको छ । फागुन १८ गतेबाट सुरु भएको महोत्सव आईतबार एक औपचारिक कार्यक्रमका बिच घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले समापन गरेका हुन् ।

“कला सांस्कृतिक कृषि, पर्यटन र व्यापार ,समृद्ध घोडाघोडी विकासको आधार” भन्ने नाराका साथ सुखडको हेलि प्याडमा महोत्सव सुरु भएको थियो । घोडाघोडी उद्योग वाणिज्य सङ्घको आयोजनामा महोत्सव भएको थियो । महोत्सव १० दिनसम्म चलेको थियो । महाेत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुले आफ्नाे प्रस्तुति प्रस्तुत गरेका थिए ।

School
टिप्पणीहरू
Loading...