राजेन्द्र कठरिया, ७ फागुन ।। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ११ स्थित सिसैया (पुर्व टोल) को भल्मन्सामा गया प्रसाद कठरिया चयन भएका छन् । यस्तै गाउँको सचिवमा यम बहादुर कठरिया र चौकिदारमा राम विलास कठरिया चयन भएका हुन् ।
सो गाउँको आज बसेको भेलाले नयाँ नेतृत्व सर्बसहमत रुपमा चयन गरेको हो । भल्मन्साको पदभार समाल्दै कठरियाले आफु गाउँको हितमा निरन्तर संघर्ष गर्न पछि नहट्ने बताए तर भल्मन्सा एक्लै पुर्ण नभएको जसका लागि सम्पुर्ण गाउँलेहरुको साथ र सहयोग आवश्यक रहेको बताए । उनले घोडाघोडी नगरपालिकामा अन्य पालिका सरह बड्घर, भल्मन्सा प्रथालाई कानुनी मान्यता दिलाउनका लागि नगर भल्मन्सा संगठन सँग सहकार्य गरि अगाडि बढ्ने बताए ।
सिसैया गाउँमा लामो समय पश्चात भुराखेलबाट नयाँ नेतृत्व चयन गरिएको हो । यस अघि गाउँको विकासमा लगातार आठ बर्ष सम्म सेवा गरेको भन्दै भल्मन्सा भोलुराम कठरियाको गाउँलेहरुले खुलेर प्रशंसा गरेका छन् । यस्तै गाउँलेहरु द्धारा भल्मन्सा भोलुराम कठरिया, गाउँ सचिव सुरेश कठरिया, चौकिदार धर्मेन्द्र कठरियालाई सम्मान सहित विदाई गरिएको थियो ।
