पहलमानपुर, २३ भदाैं ।। कैलालीकाे घाेडाघाेडी नगरपालिका वडा नं. ११ स्थित सिसैयामा शुक्रवार साँस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ । सिसैया गाउँ समाज र साे गाउँका युवाहरुकाे सक्रियतामा कार्यक्रम भएकाे हाे ।
साँस्कृतिक कार्यक्रम ब्यवस्थापन समितिका संयाेजक आकृति कठरियाकाे सभापतित्वमा भएकाे कार्यक्रमका प्रमुख अतिथी कठरिया सन्देश पत्रिकाका प्रकाशक/सम्पादक राजेन्द्र कठरिया रहेका थिए ।
श्रीकृष्ण जन्माष्टमीकाे अवसरमा आयाेजित कार्यक्रममा सिसैया गाउँका स्थानिय कलाकारहरुले ३ दर्जन बढि थारु गितहरुमा प्रस्तुति राखेका थिए । उक्त कार्यक्रमका कलाकारहरुले पुर्णतया थारु माैलिक पाेशाकमा प्रस्तुति राखेकाे थिए ।
दर्शकहरुकाे उल्लेखनीय सहभागीतामा सम्पन्न कार्यक्रमकाे संचालन विवेक कठरियाले गरेका थिए । सिसैया गाउँमा पछिल्लो समय निरन्तर रुपमा विविध कार्यक्रमहरु भईरहेका छन् ।
