Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सिसैयामा श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ हुने

0 65

पहलमानपुर, १३ बैशाख ।। घाेडाघाेडी नगरपालिका वडा नं. ११ सिसैया स्थित पशुपतिनाथ मन्दिर परिसरमा विहिवार (१४ गते) देखि श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएकाे छ । पशुपति पुजा समिती तथा सिसैया गाउँ समाजकाे आयाेजना तथा गाउँका युवाहरुकाे सक्रियतामा श्रीमद भागवत सप्ताह ज्ञान महा यज्ञ हुन लागेकाे हाे ।

गाउँकाे सुख शान्ति, समृद्धि तथा पशुपति मन्दिरकाे बिकासमा टेवा पुगाेस भन्ने उद्देश्यका साथ साे श्रीमद भागवत सप्ताह ज्ञान महा यज्ञ आयाेजना गर्न लागिएकाे पशुपति पुजा समितीका अध्यक्ष बिबेक कठरियाले जानकारी गराए ।

उनले समय समयमा यस प्रकारकाे श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ आयाेजन हुँदै आईरहेकाेमा साेकाे निरन्तरता स्वरुप यस बर्ष पनि यस श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ आयाेजना गरिन लागिएकाे बताए ।

पण्डित काैशल कुमार मिश्रकाे मुखार विन्दुबाट संचालन हुने उक्त पुजामा भजन किर्तन तथा अन्य साँगितिक कार्यक्रम पनि संचालन हुने आयाेजकले जनाएकाे छ । महायज्ञ बैशाख २० गते सम्म चल्ने छ ।

School
टिप्पणीहरू
Loading...