पहलमानपुर, ५ भदाैं ।। गुरही र पचैंयाँ पहिलाे पटक संयुक्त रुपमा मनाईएकाे छ । जिल्लाकाे घाेडाघाेडी नगरपालिका वडा नं. ११ स्थित सिसैया गाउँमा थारु समुदायकाे गुरही र कठरिया समुदायकाे पचैंयाँ संयुक्त रुपमा साेमवार एक कार्यक्रमकाे आयाेजना गरि मनाईएकाे हाे ।
पहिचान युवा क्लवका अध्यक्ष टीआर कठरियाकाे सभापतित्वमा भएकाे कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य खुशिराम चाैधरी (भिमसेन) रहेका थिए । कार्यक्रममा बाेल्दै प्रदेश सभा सदस्य चाैधरीले थारु समुदायकाे गुरही पर्वलाई सरकारले राष्ट्रिय पर्वकाे रुपमा मान्यता दिनुपर्ने बताएका छन् ।
थारु समुदायकाे गुरही पहिलाे र छुट्टै महत्त्व बाेकेकाे एक पर्व हाे । यसलाई मनाउने साे समुदायकाे आफ्नै परम्परा र संस्कार छ । जुन अत्यन्तै पृथक र माैलिक छ त्यसैले अन्य जातजातीकाे चाडपर्व सरह थारु समुदायकाे पर्वलाई पनि सरकारले राष्ट्रिय पर्वकाे रुपमा मान्यता दिनुपर्ने उनले बताए ।
यस्तै गुरही तथा पचैंयाँ कार्यक्रमकाे अवसर पारेर सिसैया गाउँकाे गुरही असराउने चाैकलाई पहिचान चाैक घाेषणा गरिएकाे छ । साे चाैककाे नाकाकरण पछि लगाएकाे साईनबाेर्ड खाेल्दै प्रमुख अतिथी चाैधरीले आफुले दशैं अवागै पहिचान चाैकमा पहिचानमुलक मुर्ति बनाउनका लागि सहयाेग गर्ने बताए । कुनै पनि जाति, समुदायकाे सबैभन्दा ठुलाे सम्पत्ति भनेकाे उसकाे माैलिक पहिचान भएकाले क्लव परिवारलाई निरन्तर रुपमा सामाजिक कार्यमा लागि राख्न समेत उनले सुझाए ।
पहिचान युवा क्लवका सचिव अमित कठरियाकाे स्वागत मन्तब्य सँगै सुरु भएकाे कार्यक्रममा घाेडाघाेडी नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष दानसिंह जाेगी, महादेव सामुदायिक बन उपभोक्ता समुहका सचिव रामेशंकर कठरिया, वडा सदस्य उमेश कुश्मी, पहलमानपुर स्वास्थ्य चाैकीका ईन्चार्ज रामप्रसाद चाैधरी लगायत जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, शिक्षक, पत्रकार अगुवाहरुकाे उपस्थिती रहेकाे थियाे ।
सिसैयाकाे पुर्व टाेल, पश्चिम टाेल र बगिया टाेलका स्थानियहरुकाे उल्लेखनिय सहभागीतामा भएकाे उक्त कार्यक्रमकाे संचालन पहिचान युवा क्लवका सदस्य पुरन चाैधरीले गरेका थिए ।



