सिमरीमा सांस्कृतिक कार्यक्रम सम्पन्न, थारु कलाकार सम्मानित
पहलमानपुर, १८ कार्तिक ।। कैलाली जिल्लाको जोशीपुर गाउापालिका वडा नं. ६ सिमरीमा नेपालीहरुको महान पर्व शुभदिपावलीको अवसरमा संस्कृति सम्बर्द्धन कार्यक्रम बुधवार सम्पन भएको छ । ‘हम्मर कला, संस्कृति, भेषभुषा हम्मर पहिचान, सक्कुजना मिलके सम्बर्द्धन करना हम्मर अभियान’ भन्ने मुल नाराका साथ दिया दिवारी संस्कृति सम्बर्द्धन कार्यक्रम आयोजक समितीको आयोजनामा सो कार्यक्रम भएको हो ।
आयोजक समितीका अध्यक्ष प्रशान्त कठरियाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी जोशीपुर गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष नत्थु प्रसाद डंगौरा रहेका थिए भने वडा सदस्य शक्त राम चौधरी, सदानन्द रावत, कविता बडायक, बिष्णु नेपाली, राष्ट्रिय आधारभुत बिद्यालयका अध्यक्ष कमलेश कठरिया, महादेब बनका अध्यक्ष पुष्पराज कठरिया लगायत अतिथी रहेका थिए ।

जोशीपुर गाउँपालिका ६ नं. वडा कार्यालयको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा सिमरी कुमारीबाग, लोखरी, महादेवा, कोनैठीका स्थानियहरुले होरी नाच, मिच्वा नाच, बैरासु गीत, हुर्दुङ्गुवा नाच, माँगर गीत लगायत सांस्कृतिक प्रस्तुती प्रर्दशन गरेको आयोजकले जनाएको छ ।
यस्तै, सो कार्यक्रममा थारु गीतसंगीतको क्षेत्रमा योगदान पुर्याएका थारु कलाकारहरुलाई समेत सम्मान गरिएको छ । थारु गायकहरु रामकुमार कठरिया, गायिका सोनु कुश्मी, गायक टेकराज चौधरी र गीतकार सुवेश कठरियालाई सम्मानित गरिएको दिया दिवारी संस्कृति सम्बर्द्धन कार्यक्रम आयोजक समिती अध्यक्ष प्रशान्त कठरियाले बताए ।

आयोजक समिति सचिव संगम रावतको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रमको संचालन निरज बडायक र ललिता चौधरीले गरेका थिए । दिया दिवारी संस्कृति सम्बर्द्धन कार्यक्रममा स्थानियहरुको उत्साहजनक सहझागिता रहेको थियो । सिमरीमा लामो समय देखि बर्सेनी युवाहरुको सक्रियतामा साँस्कृतिक कार्यक्रम आयोजना हुँदै आएको छ ।