साना किसान कृषि सहकारी मसुरियाको साधारण सभा सम्पन्न
मसुरिया, १७ मंसिर ।। कैलालीको मसुरीयामा रहेको साना किसान कृषि सहकारी सस्थाको बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको शुक्रबार एक औपचारीक कार्यक्रमका बिच ११ औं साधारण सभा सम्पन्न भएको हो ।
सहकारीकी अध्यक्ष बन्दना जोशीको अध्यक्षतामा भएको साधारण सभाकी प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पुर्वाधार विकास राज्यमन्त्री चुन कुमारी चौधरी रहेकी थिइन् ।
कार्यक्रममा बोल्दै राज्यमन्त्री चौधरीले सहकारीले महिलाहरुको क्षमता अभिवृद्धिमा महत्तपूर्ण भूमिका खेल्ने बताइन् । ‘महिलाहरु जब सम्म आर्थिक रुपमा सबल हुँदैनन् तब सम्म महिलाहरुलाई अगाडी बढ्न गाह्रो छ’ उनले भनीन ‘यसका लागि सहकारीका माध्यमबाट महिलाहरुलाई उद्यमशिल बनाउन आवश्यक छ ।’
उनले सहकारीले महिलाहरुको क्षमता विकासमा पनि महत्तपूर्ण भूमिका खेलेको बताईन् । उनले महिला उद्यमशिल बन्न कृषि पेशालाई जोड दिनुपर्ने बताइन् ।
कार्यक्रममा बिशिष्ट अतिथी अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य एवम् सुदूरपश्चिम प्रदेश कमिटी सचिव गिता सोराडी र युवा संघका केन्द्रिय सदस्य बहादुर खड्का रहेका थिए । कार्यक्रमको संचालन माधुरी चौधरीले गरेकी थिइन ।