Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

साँस्कृतिक सम्पदालाई आय आर्जन सँग जाेड्न कञ्चनपुरमा कार्यशाला गाेष्ठी

0 45

महेन्द्रनगर, १२ बैशाख ।। मार्क्सवादी ज्ञान केन्द्रले कञ्चनपुरमा खोज तथा अनुसन्धान सहजिकरण कार्यशाला गोष्ठी आयोजना गरेको छ । मार्क्सवादी ज्ञान केन्द्र केन्द्रिय समिति काठमाण्डौँले मंगलबारदेखि महेन्द्रनगरमा खोज तथा अनुसन्धान सहजिकरण कार्यशाला गोष्ठी आयोजना गरेको हो ।

‘समाज रुपान्तरणको पाठशाला’ नारा लिदै साँस्कृतिक सम्पदालाई आय आर्जनसँग जोड्न संस्कृति प्रर्वद्धन कार्यक्रम गरिएको मार्क्सवादी ज्ञान केन्द्रका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेशका अध्यक्ष दुर्गा भण्डारीले बताए । उनले गोष्ठीमा नेपाली समुदायमा रहेका साँस्कृतिक सम्पदाहरु र तिनकाे पहिचान गरि आय आर्जन गर्न सकिने लगायतका विविध विषयहरु माथि छलफल गरिने समेत बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा पुर्व सुप प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश बहादुर रावलले गोष्ठीबाट नविनतम धारणाको विकासमा जोड् दिएका छन् । मार्क्सवादी ज्ञान केन्द्र केन्द्रिय समितिका बरिष्ठ उपाध्यक्ष विशेश्वर कट्टेलको अध्यक्षतामा भईरहेकाे कार्यक्रमको मुख्य सहजकर्तामा माक्सवादी ज्ञान केन्द्रका सल्लाहकार डा.निमानन्द रिजाल र सहजकर्तामा उपाध्यक्ष जनार्दन कट्टेल लगायत रहेका छन् । साे कार्यशाला गाेष्ठी २ दिन सम्म चल्ने छ ।

School
टिप्पणीहरू
Loading...