Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

साँसद अरुण चौधरीलाई अस्पताल पुर्‍याइयो

0 128

कैलाली, २४ माघ ।। निलम्बित प्रतिनिधि सभा साँसद अरुण चौधरीलाई कारागारबाट अस्पतालमा लगिएकोे छ। निलम्बित प्रतिनिधि सभा सदस्य अरुण चौधरीको आँखामा समस्या आएपछि उनलाई आज अस्पताल लगिएको प्रहरीले जनाएको छ। कैलालीमा ट्याक्टर जलाएको भन्दै उनीलाई हाल कैलाली कारागारमा राखीएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले धनगढी स्थित धनगढी नेत्रालयमा चेकजाँचका लागि लगिएको जानकारी दिए। कैलाली २ बाट निर्वाचित भएका चौधरी २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै यही माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए।

२०६७ भदौ २ कैलाली जिल्ला अदालतमा अरुण चौधरी सहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरी सहित पर्सराम चौधरी र वीर बहादुर चौधरीलाई जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई प्रहरीले पक्राउ गरेर अदालत मार्फत कारागार चलान गरिएको थियो ।

कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुण चौधरीलाई रिहा गर्न माग गर्दै परेको रिटमा उच्च अदालतले कारण देखाउ आदेस जारी भएको छ। न्यायाधीश अर्जुन प्रसाद कोइरालाको इजलासले अर्को पक्षलाई पनि बोलाउन आदेस दिएको छ । आईतबार उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश दर्ता भएको रिटमा चौधरीको विषयमा थप बहस २९ गते हुने बताइएको छ।

twitter sharing button

School
टिप्पणीहरू
Loading...