कैलाली, १२ असार ।। कैलालीको भजनी नगरपालिका वडा नं. १ भजनीमा रहेकाे वन संरक्षण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तथा सहकारी बेलजुस उद्योगको अध्यक्षमा देवि राम जैशी निर्विरोध चयन भएका छन् ।
संस्थाकाे मंगलवार बसेकाे विशेष साधारण सभाले जैशीकाे नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे ।
जसकाे उपाध्यक्षमा धनसरा सुनार सचीवमा केशर बहादुर बाेहरा कोषाध्यक्षमा फुल रानी चौधरी चाैधरी र सहसचिवमा धनी राम भण्डारी चयन भएका छन् ।
यस्तै सदस्यहरुमा भागीरथी कामी, बीर बहादुर बाेहरा, फक्कु डंगाैरा र लम्कु कठरिया चयन भएका हुन् ।
