Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सवारी साधनको आम्दानी कर्मचारीलाई लुटको स्वर्ग, आम्दानी भन्दा हजार गुणा खर्च

0 661

२५ पुस, कैलाली।। सवारी साधन भाडामा लगाएर भएको आम्दानी भन्दा हजार गुणा बढी ति सवारी साधनको मर्मत र ईन्धनमा खर्च गरेको सुन्दा अचम्म लाग्न सक्छ तर कैलालीको गौरीगंगा नगरपालिकामा यस्तै भएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा नगरपालिकाले भाडामा लगाएका दुई वटा ट्रिपर, एक वटा रोलर, एक वटा भ्याक्हो लोडर र एक वटा ट्रयाक्टर भाडामा लगाउदा आम्दानीको हजार गुणा बढि खर्च भएको देखिएको नगरस्तरीय छानबिन समितिको प्रतिवेदनले देखाएको छ ।

सो आर्थिक वर्षमा एक लाख पैंचालिस हजार पाँच सय सत्तरी रुपियाँमा आम्दानी गरेका सवारी साधनको मर्मत र ईन्धनमा सोह्र लाख सत्र हजार तेइस रुपैयाँ खर्च भएको देखिएको समितिले जनाएको छ ।

छानबिन समितिका सदस्यहरूले नगरपालिकामा नगर प्रमुखको संरक्षणमा मनलाग्दी तवरले कर्मचारी बनाएका र नदि जन्य पदार्थको राजश्व संकलनको जिम्मेवार दिएकाहरुलाई लुटको स्वर्ग भएको टिप्पणी गरेका छन् ।

यसमा सरोकारवाला निकायले नियमन गरि अस्वभाविक आम्दानी र खर्चको आर्थिक अनियमितामा संलग्न भएकालाई कारबाहीको दायरामा ल्याउनुपर्ने नागरिक अगुवाहरुले बताएका छन् ।

School
टिप्पणीहरू
Loading...