Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सरकारले पारिश्रमिक वृद्धि नगरेको भन्दै कैलालीमा विद्यालय कर्मचारी आन्दोलित

0 15

धनगढी,२१ जेठ । कैलालीमा विद्यालय कर्मचारी आन्दोलित भएका छन । सरकारले पारिश्रमिक वृद्धि नगरेको भन्दै जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी आन्दोलित भएका हुन् ।

नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीको सेवा सुविधा बारे ग्यारेन्टी गरिने छ भने पनि बजेटमा समावेश नगरेकाले आन्दोलनका कार्यक्रम सुरु गरिएको हो हामी विद्यालय कर्मचारी, एक हौे एक हौ र सामुदाय विद्यालय कर्मचारी एक हौे एक हौ भन्ने नाराका रहेको थियो । बर्षौ देखि विद्यालयमा काम गरिराखेका शिक्षक कर्मचारीहरुको न्युन तलव रहेको र पटक पटक सरकार आग्रह गर्दा पनि सुनुवाई नभएको नेपाल विद्यालय कर्मचारी परिषद सुदुरपश्चिम प्रदेशका अध्यक्ष हरिलाल ओझाले बताए ।

विद्यालयमा कार्यरत कर्मचारी लेखापाल र कार्यालय सहयोगी हरुलाई, न्युनतम पद निर्धारण गरिनु पर्ने श्रि शिव मा.वि किम्तोलाका लेखापाल लाल बहादुर वमले जनाए । उनका अनुसार लेखापालहरूलाई एघार हजार ५ सय र कार्यालय सहयोगीहरुलाई ८ हजार जुन न्युन तलव दिएको छ त्यसको विरुद्धमा आन्दोलन गर्ने बताए । नेपाल विद्यालय कर्मचारी परिषद २०४८ साल देखि नै आफ्नो सेवा सुविधाको लागि माग मुद्धा सरकार समक्ष राख्दै आईरहदा पनि शिक्षक कर्मचारी साथीहरुलाई सरकाले आश्वासन दिदै आएको तेज राम चौधरीले बताए ।

School
टिप्पणीहरू
Loading...