सयपत्री सामुदायिक बनको साधारण सभा सम्पन्न
यज्ञराज जैशी, भजनी, ३ पौष ।। कैलाली जिल्लाको भजनी नगरपालिका वडा नं ९ अम्बारीमा रहेको सयपत्री सामुदायिक वन उपभोक्ता समुहको सातौं बार्षिक साधारण सभा तथा सार्बजनिक सुनुवाई कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
सो सामुदायिक बनका अध्यक्ष दिलिप कार्की को सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी सव डिभिजन कार्यालय पचमुडियाका प्रमुख बिश्व नाथ पन्डित, विशिष्ट अतिथि वडा नं. ९ कि दलित महिला सदस्य सीता देबि बि.क. रहेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै सव डिभिजन कार्यालय पचमुडियाका प्रमुख पन्डितले सामुदायिक वनको संरक्षण र बिकास गर्न सबै उपभोक्ताहरुको महत्वपुर्ण जिम्मेवारी भएको बताए । उनले बन संरक्षण संगै यसबाट आर्जित आम्दानीलाई बन संरक्षण लगायत बिभिन्न सिपमुलक, आयमुलक कार्यमा लगाउनु पर्ने बताए । साथै बन पैदावारको प्रयोग गर्ने सवालमा उपभोक्ताहरुले सामुदायिक बनको विधि, विधानको परिधीमा टेकेर मात्रै अगाडि बढ्नु पर्ने उनले सुझाएका थिए ।
सामुदायिक बनका सचिव पदम चौधरीले बनको ९१ लाख ८८ हजार ६ सय ९७ रुपैयाँ बराबरको आय, ब्यय प्रतिबेदन प्रस्तुत गरेको कार्यक्रममा राष्ट्रिय माध्यमिक विद्यालयका अध्यक्ष चक्र बिष्ट, घोडताल सामुदायिक वनका अध्यक्ष राम प्रसाद चौधरी, ओम शान्ति सामुदायिक वनका अध्यक्ष राजकुमार चौधरी, जनज्योति बनका अध्यक्ष अर्जुन वम, सरस्वती बनका अध्यक्ष बुधराम चौधरी , लक्ष्मी बनका अध्यक्ष राम पुकार चौधरी, नेपाली कांग्रेस पार्टी वडा सभापति भिम बहादुर कुड्माल, समाजसेवी युवा नेता जित बहादुर बडैला, दान बहादुर चौधरी, गाउँ भल्मान्सा लगायतको उपस्थती रहेको थियो ।
सो कार्यक्रम आन्तरिक लेखा समितीका संयोजक शिव बहादुर बि.क. ले संचालन गरेका थिए । साधारण सभाको बन्द सत्र भने भोलि अइतबार हुने बताईएको छ ।
