कठरिया सन्देश

२० फाल्गुन २०८०, आईतवार

  • gold Teach Computer
    gold Teach Computer
  • समाज रुपान्तरण गर्न किशोर किशोरीलाई साप्ताहिक कक्षा सुरु

    समाज रुपान्तरण गर्न किशोर किशोरीलाई साप्ताहिक कक्षा सुरु
    Spread the love

    मसुरिया, १७ पौष ।। किशोर किशोरीको जिवनमा आउने विभिन्न परिवर्तन र सहि समयमा निर्णय तथा सिपको प्रयोग गर्ने “रुपान्तरण जीवन उपयोगी सीप तथा सुरक्षात्मक आत्मा रक्षा ” साप्ताहिक कक्षा सुरु भएको छ । किशोरावस्थामा हुने शारीरिक मानसिक तथा संवेगात्मक भावहरूको समग्र सकारात्मक बिकास गर्ने उद्देश्यले कक्षा सुरु गरिएको हो ।

    ग्रामीण क्षेत्रमा बिगत केहि बर्ष यता दिनानुदिन बढदै गई रहेका महिला हिंसाका घटनाहरु न्यूनीकरणका लागि किशोरीहरुमा आत्म रक्षा सीप प्रदान गरि ,समाजमा बढिरहेका बाल बिवाह ,छाउपडी प्रथा जस्ता सामाजिक कुरीतिको सामाजिक सोचमा परिवर्तन गर्न किशोरकिशोरीको सहभागितामा कक्षा सञ्चालन गरिएको छ ।

    सामाजिक कुसंस्कार परिवर्तनको सुनिस्चित किशोरावस्थामा हुने र सकारात्मक विद्रोहलाई घरपरिवार र समाजमा विद्यमान अव्यवहारिक क्रियाकलाप रोक्ने उदेश्यका साथ कैलालीको भजनी ,घोडाघोडी ,गौरीगंङ्गा ,टिकापुर नगरपालिकाका २१ वटा वडाहरुमा प्रत्येक शनिबार सन्चालन हुने गरि रुपान्तरण जीवन उपयोगी सिप तथा सुरक्षात्मक आत्म रक्षा सम्बन्धि साप्ताहिक कक्षाहरु शनिबारबाट सन्चालन भएका छन ।

    रुपान्तरण कक्षा ३० वटा शनिबार सम्म निरन्तर रुपमा संचालित हुनेछन । प्रत्येक कक्षामा २५ जना किशोरी किशोरको सहभागिता रहेको छ भने कक्षाको संचालन साथी शिक्षकहरूले गर्ने छन् । वर्ड भिजन ईन्टर नेशनल नेपाला र बाल कल्याण सङ् टिकापुरको साझेदारीमा संचालित एकीकृत संरक्षण तथा सामुदायिक सहभागिता परियोजना अन्तरगत रुपान्तरण कक्षा सुरु गरिएको छ ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD