सन नेपाल लाइफ इन्स्योरेन्सका महाप्रबन्धक द्धारा मृतकको घरमै पुगेर मुत्युदावी भुक्तानी
पहलमानपुर, ७ कार्तिक ।। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कैलालीमा एक मृतकको परिवारलाई घरमै पुगेर मृत्युदावी रकम हस्तातरण गरेको छ । जिल्लाको घोडाघोडी नगरपालिका ४ माघी स्थित बिमित जनकलाल चौधरीकी धर्मपत्नी सरिता देवी चौधरीलाई मृत्युदावी रकम हस्तातरण गरिएको हो ।
मृतक चौधरीको परिवारलाई बिमाङ्ग र बोनस रकम वाफत एक लाख छप्पन्न हजार दुई सय पचास रुपैयाँ बराबरको चेक सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक कमलराज गौतमले हस्तान्तरण गरेका हुन् ।
मृत्युदावी भुक्तानी कार्यक्रममा सो कम्पनीका धनगढी साखा प्रमुख लक्ष्मीकान्त जैशी, मसुरिया उपसाखा प्रमुख प्रदिप चौधरी लगायतको सहभागिता रहेको थियो ।

