Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सन नेपाल लाइफ इन्स्योरेन्स द्धारा घरमै पुगेर मृत्युदावी भुक्तानी

0 21

कैलाली, १२ कार्तिक ।। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कैलालीमा एक मृतकको परिवारलाई घरमै पुगेर मृत्युदावी रकम हस्तातरण गरेको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका ४ स्थित मृतक हर्क बहादुर डंगौराको परिवारलाई मृत्युदावी रकम हस्तातरण गरिएको हो ।

मृतक डंगौरालेले आफ्नो छोरा आदित्य डंगौराको नाममा ४ बर्ष अघि १ लाख बिमांक बराबरको १६ बर्षे अवधि राखेर बाल समृद्धि सावधिक जीवन विमा गराएर आफु प्रस्तावक बसेका थिए । ४ बर्षको अवधिमा मृतकले बार्षिक बिमा शुल्क बाफत २५ हजार १ सय ९६ रुपैयाँ कम्पनीमा भुक्तानी गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सुखड उपसाखाका प्रमुख शाहदेव चौधरीले बताए ।

उनले प्रस्तावकको मृत्यु भएपश्चात १२ बार्षिक किस्ता वाफत ७० हजार ४ सय ६४ रुपैयाँ विमा शुल्क छुट गर्नुका साथै मासिक पढाई शुल्क वाफत ५ हजार, किरिया खर्च वाफत २५ हजार रुपैयाँ गरि ३० हजारको चेक मृतकको परिवारलाई हस्तान्तरण गरिएको बताए ।
मृतकको परिवारलाई मृत्युदावी भुक्तानी रकम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी धनगढी साखा प्रमुख लक्ष्मीकान्त जैशीले हस्तान्तरण गरेका हुन् ।

sunnepal 2 rotated
टिप्पणीहरू
Loading...