लम्की, १६ बैशाख ।। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालयकाे आयाेजनामा शनिबार १ दिने अभिकर्ता पुर्नताजगी तथा अन्तरक्रिया कार्यक्रम कैलालीको लम्कीमा सम्पन्न भएकाे छ ।
साे कम्पनीका लम्की साखाका प्रमुख डम्मर न्याैपानेकाे सभापतित्वमा भएकाे कार्यक्रमका प्रमुख अतिथी कार्यकारी प्रमुख राजकुमार अर्याल र विशिष्ट अतिथी कम्पनीका सहायक महा प्रवन्धक दिब्येश झा रहेका थिए ।
टिकापुर उपसाखाका प्रमुख केशवराज उपाध्ययकाे स्वागत मन्तब्य सँगै सुरु भएकाे कार्यक्रममा सुखड उपसाखा प्रमुख शाहदेव चाैधरी, सिनियर मार्केटिङ्ग म्यानेजर बुद्धि प्रसाद खनाल लगायतकाले आफ्नाे अनुभव साँटासाँट गरेका थिए ।
यस्तै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कार्यकारी प्रमुख राजकुमार अर्याल र सहायक महा प्रवन्धक दिब्येश झाले सहजिकरण गरेकाे उक्त कार्यक्रमकाे संचालन सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख लक्ष्मीकान्त जैशीले गरेका थिए ।
उक्त कार्यक्रममा कैलालीकाे सुखड, भजनी, लम्की, टीकापुर, मसुरिया र बर्दियाकाे राजापुर साखाका १४० भन्दा बढिकाे सहभागिता रहेकाे थियाे ।
