Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सत्यम फिल्म नबन्ने पक्का, करोडौ ठगी गरी निर्माता सापकोटा फरार

0 260

काठमाडौ, २६ जेठ ।। करिव २ बर्ष अगाडि नेपाली चलचित्र क्षेत्रमा निर्माणको घोषणा हुँदानै चर्चामा रहेको चलचित्र थियो `सत्यम´। कारण थियो एउटै चलचित्रमा एकैसाथ देखिदै थिय स्टार अभिनेताहरु महानायक राजेस हमाल नायक पल शाह अनि चर्चित अभिनेता अनुपबिक्रम शाही ।

यी स्टार अभिनेताहरुलाइ एकैसाथ एउटै चलचित्रमा हेर्ने दर्शखको चाहना निर्माता रेसम सापकोटाले कलाकार तथा विभिन्न क्षेत्रका ब्यक्तिसंग करोडौ रकम लिएर फरार भएपछी अधुरो रहेको छ ।

निर्माता सापकोटाले हास्यकलाकार कृष्ण जोशी संग २५ लाख सह निर्माता सुभास भुर्तेल संग ३ करोड २० लाख लिएको प्रमाण हामिलाइ प्राप्त भएको छ । त्यस्तै ध्रुवराज तिवारी ,शंकर कार्की ,बालकलाकारहरु समेतको रकम खाएर सापकोटा फरार भएका हुन ।

अत्रीदेव खबर संग कुरा गर्दै हास्य कलाकार कृष्ण जोशीले सापकोटा चलचित्र क्षेत्रको धमिरा भएको बताए । आफु लगायत थुप्रै ब्यक्तिलाइ सापकोटाले प्रलोभनमा पारेर ठगी गरेको उनले बताए । अत्रीदेव खबरबाट

School
टिप्पणीहरू
Loading...