पहलमानपुर, २१ मंसिर ।। थारु भाषाकाे बहुचर्चित गित सजन माेरकाे सफलता पश्चात् मंगलबार साे टिमले उत्सव मनाईएकाे छ । साे गित १३ मिलियन भन्दा बढि भ्यु पुगेकाे अवसरमा कैलाली जिल्लाकाे घाेडाघाेडी नगरपालिका वडा नं. १ सुखडमा एक कार्यक्रमकाे आयाेजना गरि उत्सव मनाईएकाे हाे ।
साे गितका गायक एके चाैधरीकाे सभापतित्वमा भएकाे कार्यक्रमका प्रमुख अतिथी फिल्म निर्देशक राजकुमार श्रेष्ठ, विशिष्ट अतिथीहरु राष्ट्रिय थारु कलाकार मञ्चका उपाध्यक्ष समु चाैधरी, हमार म्युजिक बगियाका अध्यक्ष वीर चाैधरी, सुपक थारु सलिमाका काेषाध्यक्ष गाेबिन्द मुखिया, घाेडाघाेडी तथा संस्कृति संरक्षण समाजका अध्यक्ष चन्द्रु चाैधरी लगायत रहेका थिए ।
कार्यक्रममा बाेल्दै साे गितका गायक ए के चाैधरीले सम्पूर्ण कलाकारहरुकाे मेहनत, दर्शक, स्राेता लगायतकाे साथ, सहयोगका कारणले आफुहरु याे स्थानमा पुगेकाे बताए । ‘कला, साहित्यका माध्यमले हाम्राे भाषा, सँस्कृति र पहिचान संरक्षण, सम्बर्द्धन गर्न याे सफलताले थप उर्जा थपिएकाे छ, उनले भने ।’
मंगलबार भएकाे कार्यक्रममा जिल्ला र जिल्ला बाहिरका थारु कलाकारहरु, नृत्य निर्देशक, क्यामेरा पर्सन, कलाप्रेमी, बुद्धिजीवी, समाजसेविहरुकाे उल्लेखनीय सहभागी रहेकाे उक्त कार्यक्रमकाे संचालन कलाकार अन्जान चाैधरीले गरेका थिए ।
रामकुमार चाैधरीकाे शब्द, संगित रहेकाे उक्त गितमा गायक एके चाैधरी र गायिका अन्नु चाैधरीकाे स्वर रहेकाे छ भने कलाकारहरु नरेश चाैधरी र मधु चाैधरीकाे अभिनय रहेकाे छ । सुरजदेव कुस्मियाँकाे निर्देशनमा बनेकाे गित मल्टिफ्रेम स्टुडियो नामक युट्युव च्यानलमा उपलब्ध छ ।
