कठरिया सन्देश

२० फाल्गुन २०८०, आईतवार

  • gold Teach Computer
    gold Teach Computer
  • संशोधन भयो माओवादीको विधान, सबै कमिटीमा ‘एक व्यक्ति, एक पद’

    संशोधन भयो माओवादीको विधान, सबै कमिटीमा ‘एक व्यक्ति, एक पद’
    Spread the love

    काठमाडौं, २६ कार्तिक ।। नेकपा माओवादी केन्द्रले सबै कमिटीमा एक व्यक्ति एक पदको अवधारणा लागू गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा शुक्रबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधानमा सामान्य संशोधन समेत गर्दै यस्तो निर्णय गरेको हो ।

    माओवादी केन्द्रको प्रदेश र पालिका कमिटीमा सात÷सात पदाधिकारी रहने भएका छन् । यस्तै, वडा कमिटीमा पाँच पदाधिकारी र टोल  कमिटीमा अध्यक्ष र सचिव गरी दुई पदाधिकारी रहने छन् । यस्तै सेल कमिटीमा सचिवमात्र राखिने भएको एक नेताले जानकारी दिए ।

    माओवादी केन्द्रले पछिल्लो समय संगठन विस्तार र सुदृढीकरणलाई प्राथमिकता दिँदै आएको छ । सोही अनुसार जिम्मेवारी बाँडफाँटलाई प्रभावकारी बनाउन र जिम्मेवारी पाएकाहरुबाट प्रभावकारी परिणाम हासिल गराउन पार्टीले ‘एक व्यक्ति एक पद’ को अवधारणालाई लागू गरेको जनाइएको छ ।

    यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही दिन यता पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन काठमाडौं उपत्यका मात्र नभई उपत्यका बाहिरका जिल्लामा समेत सहभागी भएका छन् । सोही धपेडीका कारण सुगर र प्रेसर बढेर सामान्य अस्वस्थ भए पनि उनले शुक्रबार पार्टीको केन्द्रीय कमिटीको बैठकको अध्यक्षता गरेको एक नेताले बताए ।
    भर्चुअल माध्यमबाट बसेको सो बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन भने गरेनन् । यद्यपि उनको स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै आएको बताइएको छ ।

    ‘केही दिन यताको निरन्तर धपेडीले गर्दा स्वास्थ्यमा सामान्य समस्या भए पनि अहिले उहाँको स्वास्थ्य अवस्था सन्तोषजनक छ,’ स्रोतले भन्यो, ‘शुक्रबार बैठकको अध्यक्षता नै गर्नुभयो ।’ रातोपाटीबाट

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD