Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

श्रीलंकामा माघ विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

0 19

कैलाली, ५ माघ ।। थारु समुदायको महान पर्व माघको सुभ अवसरमा माघ विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।हमार संस्कृति हमार पहिचान, संस्कृती बचैना हमार अभियान भन्ने मुल नाराका साथ यहि माघ ३ गते कार्यक्रम सम्पन्न भएको हो । धनगढी-१३ श्रीलंका कैलाली स्थित स्वाभिमानी युवा क्लवको आयोजनामा कार्यक्रम भएको आयोजकले जनाएको छ । कार्यक्रममा प्रदेश सरकार सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद डा. टी. एन. जोशी प्रमुख अतिथि रहेका थिए ।

त्यसैगरी नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेश सदस्य अम्बिका देउवा, नेपाल संस्कृति संघका केन्द्रिय उपसभापति सुरत रावत डोटेली कान्छा, वडा नम्बर १३ का अध्यक्ष विजयराज जोशी विशिष्ट अतिथि रहेका थिए । माघ विशेष कार्यक्रममा स्थानीय सखिया, झुमरा, मघौटा, आधुनिक नाचगानको पनि प्रस्तुति रहेको थियो । क्लवका सल्लाहकार खेमलाल चौधरीको सभाअध्यक्षतामा भएको कार्यक्रम संचालन क्लवकी अध्यक्ष सीता चौधरीले गरेकी थिइन ।

यसैगरी कंचनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ८ मज्गैं गाउँमा पनि माघ विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रम डंगौरा थारु भलमन्सा समाजको आयोजनामा भएको थियो । कार्यक्रममा स्थानीय लोकसंस्कृति, लोकगीत, स्थानीय कलाकार लोक गायक राजु चौधरी राज, गायक रामकुमार कठरियाको पनि विशेष प्रस्तुति रहेको कार्यक्रम व्यवस्थापक रामु कुस्मीले बताए ।

टिप्पणीहरू
Loading...