Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

शुक्लाफाँटामा पर्यटक आवागमन बढ्न थाल्यो

0 63

कैलाली, १९ फागुन ।। कोरोनाले सेलाएको प्रर्यटन क्षेत्र विस्तारै चलायमान हुन थालेको छ । यसैक्रममा सुदूरपश्चिमका मुख्य प्रर्यटकिय क्षेत्र मध्ये एक शुक्लाफाटा राष्ट्रिय निकुन्जमा पनि पर्यटन आवागमन बढेको छ ।

३ सय ५ वर्ग किलोमिटर क्षेत्रमा रहेको निकुञ्जमा ५४ वर्गकिलोमिटरमा घाँसेमैदान रहेको रहेको छ । अहिले शुक्लाफाँटा पर्यटन महोत्सव पनि चलिरहेकाले यस क्षेत्रको प्रचार प्रसारमा पनि जोड दिइएको छ ।

कोरोना संक्रमणअघि शुक्लाफाँटामा १२ हजार बढी पर्यटक निकुञ्जमा घुमेका भएपनि त्यसपछि कोरोना संक्रमणका कारण पर्यटकको संख्या घटेको छ । निकुञ्ज कार्यालयका अनुसार आर्थिक वर्ष ०७५/०७६ मा १२ हजार १३८ पर्यटकले अवलोकन गरेका छन ।

कोरोना संक्रमण सुरु भएको वर्ष ०७६/०७७ मा १ हजार ७७५ र गत आर्थिक वर्षमा २ हजार ९३५ जनाले मात्रै निकुञ्ज प्रवेश गरेका छन ।

कोरोना संक्रमण सुरु भएयता विदेशी पर्यटकको संख्या पनि निकै कम भएको छ । गत आर्थिक वर्षमा ३ जना मात्रै विदेशी पर्यटक आएका थिए ।

अघिल्लो वर्ष १ सय जना विदेशीले अवलोकन गरेका थिए । यस वर्ष संक्रमण कम भएसँगै विदेशी पर्यटक पनि आउन थालेका छन ।

School
टिप्पणीहरू
Loading...