कठरिया सन्देश

१९ फाल्गुन २०८०, शनिबार

  • gold Teach Computer
    gold Teach Computer
  • विश्वकप फुटबलको सेमिफाइनलमा पुग्ने ४ टिमको टुङ्गो लाग्यो

    विश्वकप फुटबलको सेमिफाइनलमा पुग्ने ४ टिमको टुङ्गो लाग्यो
    Spread the love

    काठमाडौं, २५ मंसिर ।। कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । गएराति भएको अन्तिक क्वार्टरफाइनल खेलमा फ्रान्सले इंग्ल्याण्डलाई २–१ ले हराएसँगै क्वार्टरफाइनलका खेल सकिएर सेमिफाइनल खेल्ने टिमको टुङ्गो लागेको हो ।

    यसपालि अन्तिम ४ मा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्को पुगे । जारी विश्वकपको पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाले प्रतिस्पर्धा गर्नेछन् ।

    यी दुई टोलीबीचको सेमिफाइनल मंगलबार राति १२ः४५ देखि लुसेल स्टेडियममा सुरु हुनेछ । दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सले प्रतिस्पर्धा गर्नेछन् । यी दुई टोलीबीचको सेमिफाइनल भिडन्त बुधबार राति १२ः४५ बजे अल बेत स्टेडियममा सुरु हुनेछ ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD