पहलमानपुर, २१ श्रावण ।। कैेलालीको घोडाघोडी नगरपालिका वडा नं. १० घुम्निभाकल स्थित एक घरमा आगलागी भएको छ । स्थानिय नेत्र चौलागाईको घरमा गएराती विद्युत सर्ट भई आगलागी भएको हो ।
सो घरमा कोहि नभएको र रातीको १ बजे आसपासको समयमा घर भित्रबाट केहि पड्केको जस्तो आवाज सुनियो त्यसपश्चात हामी बाहिर निस्किंदा घरमा आगो लागि सकेको थियो स्थानिय दधिराम चौलागाईले बताए । उनले भने हामी गाउँहरुले आगो निभाउने कोसिस गर्यौं तर सम्भव नभएपछि दमकलको मदत लियौं त्यसपश्चात लामो समय पछि मात्रै आगो नियन्त्रणमा आएको हो ।
आगलागीबाट कुनै किसिमको मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । साथै घरमा राखेका अन्नबाली, नगद, अतिआवश्यक कागजात लगायतका अन्य सरसमान भने पुर्णयता जलेर नष्ट भएको प्रहरी चौकी पहलमानपुरले जनाएको छ । घट्नाको थप र यकिन विवरण अझै आउँन बाँकी छ ।
