Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

विद्युतीय मेसिन प्रयोगको सम्भावनाबारे निर्वाचन आयोगले आईटी विज्ञसँग परामर्श गर्दै

0 74

काठमाडौँ, २६ माघ। स्थानीय तह निर्वाचनको तयारीमा व्यस्त निर्वाचन आयोगले आज विद्युतीय मतदानको सम्भावनाबारे सूचना प्रविधि विज्ञहरुसँग छलफल गर्दैछ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विद्युतीय मतदानको सम्भावनाबारे राय सल्लाह लिन नेपाल सरकारका आईटी एक्सपर्टहरुलाई आयोगमा बोलाइएको बताए । छलफलका लागि आज दिउँसो १ बजे विज्ञहरुलाई बोलाइएको उनले जानकारी दिए ।

काठमाडौं उपत्यकाभित्र विद्युतीय मेसिन प्रयोगको सम्भावनाबारे आयोगमा छलफल चल्दै आएको छ । त्यसको सम्भावनाबारे अध्ययन गर्न एक कार्यदल गठन गरिएको छ । कार्यदललाई आर्थिक र प्राविधिक पक्षबारे अध्ययन गरी एक साताभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

आर्थिक र प्राविधिक दृष्टिकोणले विद्युतीय मेसिन प्रयोग गर्न उपयुक्त देखिएमा राजनीतिक सहमति कायम गरेर अघि बढ्ने आयोगको तयारी छ । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरिसकेको छ ।

School
टिप्पणीहरू
Loading...