वर्षाले पाकेको धान बालीमा नोक्सान
कैलाली, १ काार्तिक ।। सुदूरपश्चिमका केही जिल्लामा आइतबार राती परेको वर्षाका कारण पाकेको धान बालीमा ठुलो नोक्सानी भएको छ । किसानले धान बालि भित्र्याउन सुरु गरेकै बेला एक्कासी परेको पानीले किसानहरुको पाकेर भित्र्याउन लागेको धान बालीमा ठुलो नोक्सान गरेको हो ।
असारको पहिलो साता लगाएको धान पाक्न थालेपछि किसानहरूले धान बालि काटेर भित्र्याउन सुरु गरेका थिए । त्यसैबीचमा आइतबार राती र साेमबार परेको वर्षाका कारण कैलाली, कञ्चनपुर, डोटीका किसानले लगाएको धान बालीमा बढी क्षति गरेको छ ।