Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

वन संरक्षण वातावरणीय सामाजिक समावेशीकरण सम्बन्धी सुझाव संकलन कार्यक्रम सम्पन्न

0 96

मसुरिया, ७ पुष ।। कैलाली, सामुदायिक वन संरक्षणमा वातावरणीय र सामाजिक सुरक्षा लैंगिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी छलफल तथा सुझाव संकलन कार्यक्रम कैलालीमा गरिएको छ ।

सामुदायिक वन समन्वय समिति, मसुरिया, बसन्ता र भजनीका साथै तराई भु-परिधि कार्यक्रम (ताल) कोहलपुर, डब्लु डब्लु एफ नेपालका प्रतिनिधिहरुसँग राय सुझाव सहित कार्यक्रम कार्यान्वयन गर्दा ध्यान दिनुपर्ने कुराहरू बारे छलफल गरिएको थियो । सामुदायिक वन समन्वय समिति गौरीगंगा ८ मसुरियामा कार्यक्रम भएको हो ।

कार्यक्रममा वन वातावरण संरक्षणका क्रममा सामाजिक सुरक्षाका उपाय, योजना तयारीको क्रममा सामाजिक सुरक्षाका बिषय, गरेका कार्यहरुको आर्थिक पारदर्शिता सहभागीता र अनुगमनका साथै सामुदायिक वनमा समावेशीकरण र लैंगिक समावेशीकरण, योजना तर्जुमा गर्दा समावेशीकरणका आधारहरूको बारेमा छलफल तथा सुझाव संकलन गरिएको सामुदायिक वन समन्वय समिति मसुरियाका अध्यक्ष ओमप्रकाश सापकोटाले जानकारी दिएका छन् ।

School
टिप्पणीहरू
Loading...