Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

लौसाको भल्मन्सामा बुद्धिराम कठरिया

0 263

पहलमानपुर, ८ माघ ।। कैलालीकाे कैलारी गाउँपालिका वडा नं. ८ लाैसा गाउँकाे भल्मन्सामा बुद्धिराम कठरिया सर्बसहमत चयन भएका छन् । कठरिया थारु समुदायकाे बाहुल्यता रहेकाे साे गाउँकाे भेलाले चाैकिदारमा हिराेज कठरिया र गाउँ सचिवमा मनिराम कठरियालाई चयन गरेकाे हाे ।

गाउँकाे भल्मन्सा बुद्धिराम कठरियाले सम्पुर्ण गाउँकाे हितमा गतबर्ष सफलता पुर्बक कार्यसम्पादन गरेकाले पुन: उनलाई चयन गरेकाे युवा समाजसेवी लाैटन कठरियाले बताए । गाउँलेहरुकाे जनचाहाना र सरसल्लाह बमोजिम काम गर्नु भल्मन्सा कठरियाकाे बिशेषता हाे ।

यस्तै दोस्रो पटक लाैसा गाउँकाे भल्मन्साकाे जिम्मेवारी सम्हाल्दै बुद्धिराम कठरियाले भल्मन्सा आफैमा पुर्ण नभएकाे बताए । जसका लागि सम्पुर्ण गाउँलेहरुकाे सल्लाह, सुझाव र प्रतिकृया आवश्यक रहेकाे बताए ।

School
टिप्पणीहरू
Loading...