लैंगिक हिंसा विरुद्ध महिला समुहलाई अभिमुखीकरण
२० मंसिर, मसुरिया ।। लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा कैलालीको गौरीगंगा नगरपालिकामा महिला समुह/ समितिका सदस्यहरूलाई अभिमुखीकरण कार्यक्रम गरिएको छ । टि.पी.ओ. नेपाल को सहकार्यमा नगरपालिकाको आयोजनामा मसुरियामा कार्यक्रम गरिएको हो ।
नगर उपप्रमुख अंचला चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा टिपीओ नेपालका मनोविमर्श कर्ता दिनेश भट्टराईले सहभागी ४३ जना महिला अगुवाहरुलाई परामर्श तथा मानसिक स्वास्थ्य समस्याका अवस्था र निदानका उपाय सहित व्यक्ति, घर परिवार र समाजमा रहेको नकारात्मक सोचाइ देखासिकीको परिवर्तनले व्यक्तिलाई पर्नसक्ने समस्याका विविध पक्षमा जानकारी प्रदान गरेका थिए ।
” घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं ” भन्ने नाराका साथ मनाई रहेको अभियानको क्रममा नगरपालिकाले विद्यालय स्तरीय कविता प्रतियोगिताहरु संचालन गर्नुका साथै घर परिवारबाट रुपान्तरणको लागि जनचेतनामूलक कार्यक्रम संचालन गरिएको महिला तथा बालबालिका शाखा प्रमुख भावना जोशीले जानकारी दिएकी छिन ।