Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

लाैसामा हाेरी विशेष खखडेहरा कार्यक्रम हुने

0 223

पहलमानपुर, २९ फागुन।। कैलाली जिल्लाकाे कैलारी गाउँपालिका वडा नं. ८ स्थित लाैसा गाउँमा हाेरी विशेष खखडेहरा कार्यक्रम आयाेजना हुने भएकाे छ । स्थानिय लाैसा गाउँ समाज हाेरी विशेष खखडेहरा कार्यक्रम आयाेजक मुल कमिटीकाे आयाेजनामा साे कार्यक्रम यहि चैत १ गते हुन लागेकाे हाे ।

कठरिया भाषा, संस्कृति र पहिचानलाई उजागर गराउने उदेश्यका साथ आयाेजना हुन लागेकाे कार्यक्रममा समुदायकाे फगुई (हाेली) र खखडेहराकाे बारेमा जानकारी गराउँदै विभिन्न प्रकारका हाेरी नाच लगायत अन्य नाच र गितबाँस प्रस्तुत हुने लाैटन कठरियाले बताए । उनले कार्यक्रममा स्थानीय कठरिया कलाकारहरुकाे समेत विशेष प्रस्तुती रहने बताए ।

कैलारी गाउँपालिकाकाे आर्थिक सहयाेग तथा जनकल्याण युवा क्लवकाे प्राविधिक सहयाेगमा हुन लागेकाे कार्यक्रममा जिल्लाका कठरिया समुदायकाे उत्साहजनक सहभागीता रहने आयाेजकले जनाएकाे छ । लाैसा गाउँमा निरनतर कठरिया पहिचानमुलक कार्यक्रम हुँदै आएकाे छ । यस अघि तेस्राे बृहत् हाेरी महाेत्सव समेत आयाेजना भएकाे थियाे ।

School
टिप्पणीहरू
Loading...