Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

लाैसामा हाेरी विशेष खकरेहरा कार्यक्रम सम्पन्न

0 119

टीआर कठरिया, १ चैत्र ।। कैलाली जिल्लाकाे कैलारी गाउँपालिका वडा नं. ८ स्थित लाैसा गाउँमा हाेरी विशेष खकरेहरा कार्यक्रम सम्पन्न भएकाे छ । स्थानिय लाैसा गाउँ समाज हाेरी विशेष खकरेहरा कार्यक्रम आयाेजक मुल कमिटीकाे आयाेजनामा साे कार्यक्रम बुधवार सम्पन्न भएकाे हाे ।

‘हम्मर कला, संस्कृति, हम्मर पहिचान, मिलके बचैना हम्मर अभियान भन्ने मुलनाराका साथ आयाेजक कमिटीका संयाेजक सनिदेवल कठरियाकाे सभापतित्वमा भएकाे कार्यक्रमका प्रमुख अतिथी कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चाैधरी रहेका थिए । कार्यक्रममा बाेल्दै प्रमुख अतिथी चाैधरीले भाषा, संस्कृति र संस्कारलाई जाेगाई राख्नु हरेक जाति समुदायकाे प्रमुख कर्तब्य भएकाे बताए । उनले कठरिया थारु समुदायकाे समेत आफ्नै छुट्टै किसिमकाे माैलिकता रहेकाले लाैसा गाउँबासी विगत केही समय देखि निरन्तर आफ्नाे पहिचान संरक्षणमा लागेकाे बताए । कैलारी गाउँपालिकामा अन्य जाति सरह कठरिया समुदायकाे समेत बस्ति रहेकाले पालिकामा रहेका लाैसा, मनाउँ, मझरा र पवेरा ४ वटै गाउँका कठरियाहरु एकताबद्व भई आफ्नाे पहिचान संरक्षण, सम्वर्द्वनमा लाग्नु पर्ने सुझाए । साथै साेकाे लागि स्थानीय सरकार समन्वयकारी भुमिका निर्वाह गर्न तत्पर रहेकाे उनकाे तर्क रहेकाे थियाे ।

लाैसा गाउँका स्थानीय तथा कठरिया समाज नेपालका संस्थापक उपाध्यक्ष रामसमझ कठरियाकाे स्वागत मन्तब्य सँगै सुरु भएकाे कार्यक्रममा कैलारी गाउँपालिकाकी उपाध्यक्ष भगवती डंगाैरा चाैधरी, कैलारी ८ का वडा अध्यक्ष तारामल कठरिया, कठरिया समाज नेपालका अध्यक्ष दुखिराम कठरिया, संस्थापक अध्यक्ष गयाप्रसाद कठरिया लगायतले मन्तब्य राखेका थिए ।

कठरिया भाषा, संस्कृति र पहिचानलाई उजागर गराउने उदेश्यका साथ कैलारी गाउँपालिकाकाे आर्थिक सहयाेगमा आयाेजित कार्यक्रममा कलाकार हाेरी र ठाढी हाेरी नाच प्रस्तुत गरिएकाे थियाे । यसका साथै चर्चित नृत्य निर्देशक सुधराम दहित, गायक रामकुमार कठरिया, खुसि रत्गैंया, सत्यनारायण कठरिया र हाँस्यकलाकार सुरदिन ‘अकिल कटला’ काे प्रस्तुती राखेकाे कार्यक्रम स्थानिय कलाकारहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।

यस्तै आज सम्पन्न कार्यक्रमकाे संचालन युवा, समाजसेवि लाैटन कठरियाले गरेका थिए । लाैसा गाउँमा केही समय यता निरन्तर कठरिया साँस्कृतिक कार्यक्रम हुँदै आएकाे छ ।

IMG 20230315 174752
IMG 20230315 171629
IMG 20230315 155951
School
टिप्पणीहरू
Loading...