Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

लागुपदार्थ न्युनिकरण सम्बन्धि सचेतनामुलक सडक नाटक प्रदर्शन

0 73

पहलमानपुर, २५ श्रावण ।। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वार्ड नम्बर १० मा लागुपदार्थ न्युनिकरण सम्बन्धि सचेतनामुलक सडक प्रदर्शन गरिएकाे छ । साे वडाकाे कान्तिराज्यलक्ष्मी माध्यमिक विद्यालय, कलम बम मेमाेरियल माध्यमिक विद्यालय लगायतका स्थानहरुमा सडक नाटक प्रदर्शन गरिएकाे हाे ।

घोडाघोडी नगरपालिका वार्ड नम्बर १०, वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल र बाल कल्याण संघ टीकापुरको संयुक्त आर्थिक तथा प्राबिधिक सहयोग तथा वार्ड स्तरीय बाल अधिकार समितिको समन्वय र रुपान्तरण किशोरकिशोरी बाल क्लब, जीवन रूपान्तर बाल क्लब, दिप ज्योति बाल क्लब र एकीकरण बाल क्लबको आयोजनामा बाल बिबाह, लागुपदार्थ न्युनिकरण सम्बन्धि सचेतनामुलक सडक नाटक प्रदर्शन गरिएकाे हाे ।

बालबालिकाहरुलाई बढी भन्दा बढी लक्षित गरि एकै पटकमा धेरै जना बालबालिकाहरुले बालबिबाह र लागुपदार्थ दुर्ब्यसनिको असर तथा प्रभाव बारे ज्ञान पाउने भएकोले स्कुलमा केन्द्रित गरि नाटक प्रदर्शन गरिएको कुरा परियोजनाका फिल्ड अफिसर प्रशुराम चौधरीले जानकारी दिए । उनले जसको सवाल उसकै नेतृत्वलाई मध्यनजर गरि बालबालिकाहरुलाई किताबी ज्ञानमा मात्र सिमित नराखी सामाजिक, बौद्धिक र भावनात्मक सकारात्मक विकासको लागि ब्यबहारिक ज्ञान दिन एकदमै आवश्यक रहेको बताए ।

यस्तै बालबालिकाहरुलाई बाल संरक्षण, बाल अधिकार र नेतृत्व बिकास सम्बन्धि तालिम, गोष्ठिमा सहभागि गराउनुका साथै उनिहरुलाई नेतृत्व गर्ने बाताबरणको सिर्जना अभिभावक र सरोकारवाला निकायहरुले गराउन भुमिका खेल्नुपर्ने एकीकृत बाल संरक्षण तथा सामुदायिक सहभागिता परियोजनाको कार्यक्रम ब्यबस्थापक सुगम रेग्मीले बताए ।

उनले बालबालिकाहरुको सवाल तथा समस्यालाई न्युनिकरण गर्नका लागि परियोजना संचालन भएको अन्य वार्ड र टोलहरुमा पनि सचेतनामुलक सडक नाटक प्रदर्शन गर्ने लक्ष्य रहेको उनले बताए ।

School
टिप्पणीहरू
Loading...