Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

लागुपदार्थ नियन्त्रण गर्न समुदायमा प्रहरीद्वारा अन्तरक्रिया

0 112

२४ भदौ, मसुरिया ।। लागु पदार्थ न्युनिकरण नियन्त्रणका लागि कैलालीमा प्रहरी द्धारा समुदायसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । ईलाका प्रहरी कार्यालय मसुरियाको आयोजनामा गौरीगंगा -८ बढैपुर बजारमा कार्यक्रम गरिएको हो । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समुदायका संघ संस्था, शिक्षक, युवा अगुवा लगायतको सहभागीता रहेको थियो ।

अभिभावकले आफ्ना छोराछोरी के गर्छन् ? कस्ता साथीहरूको संगतमा छन् ? भन्ने घरपरिवारले निगरानी गर्न नसक्दा मसुरिया क्षेत्रमा गाजा, रक्सी, चुरोट सेवनको निरन्तरता हुँदै चरेस, हिरोईन र ब्राउनसुगरको कुलतमा फसिरहेको सहभागी बक्ताहरुले बताएका थिए ।

समुदायबाट प्राप्त सुचनाको गोप्यनियता राखेर प्रहरी जनताको सेवामा तत्पर रहेको भन्दै बजार नजिकैका एकान्त स्थानमा, होटल, पार्क तथा वन जंगल क्षेत्रमा युवाहरूले जुवा तास खेल्ने लागुपदार्थ सेवन र खरिदबिक्री हुने गरेको उल्लेख गर्दै ईलाका प्रहरी कार्यालय मसुरियाका प्रमुख गोपाल कार्कीले टोल बस्तीबाट सुचना दिएर लागुपदार्थ नियन्त्रण न्युनिकरणमा सहयोग गर्न सहभागीलाई आग्रहमा गरेका थिए ।

ईलाका प्रहरी कार्यालय मसुरियाका प्रमुख गोपाल कार्कीको अध्यक्षतामा भएको कार्यक्रम बढैपुर बजार व्यवस्थापन समितिका अध्यक्ष कमल जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

टिप्पणीहरू
Loading...