बर्दगोरिया, १९ फागुन ।। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ तुल्सीपुरमा रहेको श्री लक्ष्मी आधारभुत विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा वीरेन्द्र कठरिया चयन भएका छ्न ।
शुक्रबार सम्पन्न विद्यालयको अभिभावक भेलाबाट कठरिया विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका हुन । भेलाबाट छनोट भइ आएका सदस्य मध्यबाट जेष्ठ सदस्य सयिष कठरियाको अध्यक्षतामा बसेको भेलाले कठरियालाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
भेलाले कठरियाको अध्यक्षतामा ६ सदस्यीय कार्यसमिति चयन गरेको जनाइएको छ । कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष रामकृष्ण डगौरा थारु(रन्जित ) विद्यालयका प्रधानाध्यापक राजेश कठरिया, शिक्षक प्रतिनिधि रामबहादुर डगौरा लगाएतको उपस्थिति रहेको थियो ।

