Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

रेशम चौधरीको पार्टीबाट जोशीपुर १ मा प्यानल सहित चौधरी विजय

0 64

कैलाली, १ जेठ ।। कैलालीको जोशीपुर नगरपालिका–१ को वडा अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका रामचन्द्र चौधरी प्यानल सहित विजयी भएका छन् । ७७३ मत प्राप्त गरेर उनि वडा अध्यक्षमा विजयी भएका हुन् ।

महिला वडा सदस्यमा सरस्वती चौधरी, दलित महिला सदस्यमा धनी विक, खुल्ला सदस्यमा लालबहादुर डंगौरा र घनश्याम चौधरी विजयी भएका हुन् ।

यस्तै, टीकापुर नगरपालिका–३ को वडा अध्यक्षमा नेपाली काँग्रेसका ऋषि विक विजयी भएका छन् । सो वडामा वडा सदस्यमा दुई जना नेपाली काँग्रेस र दुई जना माओवादीबाट विजयी भएका छन् ।

टिप्पणीहरू
Loading...