Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

रेशम चाैधरी ढुंगा बाेक्न धरान जाने

0 39

काठमाडाैं, २८ जेठ ।। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चाैधरीले धरान पुगेर श्रमदान गर्ने इच्छा व्यक्त गरेका छन् ।

पार्टीको काममा सक्रिय रहेका रेशमले धरानका मेयर हर्क साम्पाङलाई धरान आउन लागेको र श्रमदान गर्ने इच्छा भएको जानकारी दिएका छन् । सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै रेशमले धरान पुगेर श्रमदान गर्ने बताएका हुन् ।

धरानका मेयर हर्क साम्पाङले रेशमको रिहाई न्यायिक रहेको टिप्पणी गरेका थिए । हर्क धरानमा पानी ल्याउनेदेखि विभिन्न काममा श्रमदान गर्ने मामलामा चर्चित छन् ।

स्वतन्त्र उम्मेदवार बनेर मेयर निर्वाचित भएका हर्कले गीत संगितबाटै पछिल्लो समय जवाफ फर्काउने गरेका छन् । सामान्य जीवन शैली अपनाउने हर्कले प्राय नेता तथा सर्वसाधारणलाई धरानमा श्रमदान गर्न आउन आह्वान गर्ने गरेका छन् ।

‘धरानका मेयर हर्क जी को कामबाट म प्रभावित छु । समाजसेवा निस्वार्थ हुन्छ भन्ने उदाहरण हर्क जी पनि हो । मलाई उहाँको काम गर्ने शैली र सामान्य जीवन व्यतित गर्ने जुन कला छ त्यसले पनि लोभ्याएको छ । राज्यका निकायमा पुगेका पदाधिकारी चनाखो र उत्तरदायी बन्न सके सबै कुरा सम्भव छ भन्ने उदाहरण हर्क जी बन्नु भएको छ । मैले पनि धरान पुगेर श्रमदान गर्ने योजना त्यहि भएर बनाएको हुँ ‘ रेशमले भने ।

School
टिप्पणीहरू
Loading...