केशव बाेहरा, २८ फागुन ।। कैलालीको घोडाघोडी नगरपालिका वडा नं ५ देउकलियामा रहेको राष्ट्रिय माध्यमिक विद्यालयकाे कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई विदाई गरिएकाे छ । साे विद्यालयकाे कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले एक कार्यक्रमकाे आयाेजना गरि विदाई गरेका हुन् ।
कक्षा ९ का छात्र धिरेन्द्र महराको सभापतित्वमा सुरु भएको विदाई कार्यक्रममा प्रमुख अतिथि साेहि विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बम रहेका थिए । उक्त कार्यक्रममा विभिन्न समाजसेवी, व्यापारि, शिक्षाप्रेमि शिक्षक, विद्यार्थी र अभिभावक लगायतकाे उल्लेखनिय सहभागिता रहेको थियो।
साथै विद्यार्थीहरुले नृत्य, गित, गजल समेत प्रस्तुत गरेकाे कार्यक्रममा बिदाइ भएर जाने विद्यार्थीहरुले विद्यालयलाई मायाको चिनो प्रदान गरेका थिए । यस्तै कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका नयाँ कार्यसमितिलाई बधाई तथा कार्यकालको शुभकामना, निवर्तमान कार्यसमितिलाई विदाई गरिएको थियो ।
उक्त कार्यक्रमको संचालन कक्षा ९ का छात्र मिलन बोहराले गरेका थिए ।
