Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

राष्ट्रिय भूमि आयोग र जोशीपुर गाउँपालिका बिच सम्झौता

0 225

कैलाली, १ चैत ।। नेपाल सरकारको राष्ट्रिय भूमि आयोग र जोशीपुर गाउँपालिका बिच सम्झौता भएको छ । आयोग र जोशीपुर गाउँपालिका बिच सोमबार भूमिहीन सुकुम्वासी, भूमिहीन दलितहरूलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्न सम्झौता भएको हो ।

आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला र जोशीपुर गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । वर्तमान सरकारले गठन गरेको नयाँ आयोगसँग सम्झौता भएसँगै जोशीपुरमा लगत सङ्कलन कार्यले निरन्तरता पाउने भएको छ । आयोग र जोशीपुर गाउँपालिका बिच सम्झौता दलित, सुकुम्वासी र विपन्न वर्ग खुसी भएका छन् ।

वर्तमान सरकारले गठन गरेको नयाँ आयोगसँग सम्झौता भएसँगै जोशीपुरमा लगत सङ्कलन कार्यले निरन्तरता पाउने भएको छ । अहिले सम्झौता गरेपछि भूमिहीनमा फेरि आसा जागेको र भूमिहीन सुकुम्वासीहरूको समस्याप्रति सबै राजनीतिक दल एकजुट हुनुपर्ने अध्यक्ष रामकृष्ण चौधरीको भनाइ छ । उनीहरूले लालपुर्जा पाउने गरी तत्काल कामको थालनी गरिने चौधरीले बताए ।

275766660 513581876797317 3904266609695285315 n

School
टिप्पणीहरू
Loading...