Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

रावलको प्रश्न ७० वर्ष काटिसकेका ओलीजी कसरी तन्नेरी हुनु भयो ?

0 15

काठमाडौं, १९ कार्तिक ।। कञ्चनपुरको चुनावी सभामा ओलीले आफनो बारेमा उत्तेजित भाषण गरेको भन्दै नेकपा एमालेका नेता भीम रावलले आपत्ति जनाएका हुन्। रावलले शुक्रबार ओलीको अभिव्यक्तिप्रति लामो टिप्पणी गरेका छन् ।

नेकपा एमालेका नेता भीम रावलले आफूलक्षित पार्टी अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुरमा चुनावी सभामा उत्तेजित भाषण गरेको भन्दै आपत्ति जनाएका हुन् ।

कञ्चनपुरमा भएको चुनावी सभामा एमाले अध्यक्ष केपी ओलीको उत्तेजित भाषणको भीम रावलको तपाईलाई किन चिन्ता, ४८ सालदेखि एक छिन मुख खाली छैन , बुढो भइसक्नु भयो, वेकार किन भीम रावलको चिन्ता, अरुलाई पालो दिनु पर्दैन, एउटै भीम रावल, भीम रावल, के को खेती गरिराख्या भीम रावल, के भीम रावल, थुप्रै रावलहरु हुनुहुन्छ नि त सुदूरपश्चिममा , थुप्रो रावलहरुलाई अगाडि बढाइन्छ ” भन्ने अंशले ओलीभित्र बलिरहेको क्रोध , बदला, निषेध र द्वेषपूर्ण दुर्भाव उदाँग हुने रावलले बताए ।

उनले सामाजिक सञ्जालमा ओलीलाई जवाफ दिएका छन्,‘उहाँको भनाईले यस्ता प्रश्न स्वतः उठ्छन् १० मलाई ४८ सालमा तत्कालिन महासचिव मदन भण्डारी र नेता माधव नेपालले चुनाव नजितिने भएपनि हाम्रा मतहरु सुरक्षित गर्न अछाममा गएर लड्नु होस् भन्दा म तयार भएँ तर सांसद ५१ सालदेखि मात्र भएँ । ओलीजी ४८ सालदेखि सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएको छ र कहिल्यै ‘मुख खाली छैन’ र फेरी पनि “खानू को लागि मुख किन वाउनु भएको तर २. म ६७ वर्ष लागेकालाई ‘बुढो’ भन्ने हो भने ७० वर्ष काटि सकेका ओलीजी फेरी सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनु भयोरु म भन्दा उमेर बढी भएका अरुलाई उम्मेदवारका लागि किन सहमति दिनु भयो ? ३. हो, अरुलाई पालो दिन पार्टीले मापदण्ड बनाएमा सबैले मान्नु पर्छ ।

तर अरुलाई पालो दिनु पर्ने भए ओली जी र सचिवालय तथा स्थायी कमिटीका अनेकौं पदमा रहेका र अनेकौं पटक सांसद र मन्त्री भएका व्यक्तिका हकमा अरुलाई पालो दिनुपर्ने भन्ने किन लागु नहुने तर ४. ओलीजीले थर विशेषलाई पनि उल्लेख गरी सुदूरपश्चिममा थुप्रै रावल भएका र तीनलाई अगाडि बढाउने भन्दै व्यक्तिगत रुपमा अपमान हुने गरी बोल्नु भएको रहेछ । स्मरण होस् , अछाम जिल्ला लगायत देशका विभिन्न भागमा ब्राम्हण र क्षेत्री गरी थुप्रै ओलीहरु पनि छन् , तिनलाई एमालेमा तत्काल पार्टी अध्यक्ष र प्रधानमन्त्री किन नबनाउने तर ५. पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेको व्यक्तिबाट मञ्चमा भाषण गर्दैगर्दा प्रदर्शन गरिएको उत्तेजनाले अछामी जनताको तर्फबाट भएको निर्णय उल्ट्याउनुको रहस्यको एउटा पर्दा उनेको छ ।

School
टिप्पणीहरू
Loading...