कठरिया सन्देश

१९ फाल्गुन २०८०, शनिबार

  • gold Teach Computer
    gold Teach Computer
  • राप्रपा नेपालको अध्यक्ष बने कमल थापा

    राप्रपा नेपालको अध्यक्ष बने कमल थापा
    Spread the love

    काठमाडौँ, १ फागुन । राप्रपाबाट बाहिरिएका कमल थापाले राप्रपा नेपालको नेतृत्व लिएका छन् । लाक्पा शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालले थापालाई अध्यक्षमा चयन गरेको जानकारी निर्वाचन आयोगलाई जानकारी गराएको छ ।

    यसअघि राप्रपा नेपालकै अध्यक्ष रहेका थापाले पार्टी एकीकरण गरेपछि लाक्पा शेर्पाको अध्यक्षतामा राप्रपा नेपाल गठन भएको थियो ।राप्रपा नेपालमा आबद्ध भएसँगै अध्यक्ष भएका कमल थापाले केही समयको अलमलपछि आफू फेरि पार्टीमा फर्किएको बताएका छन् । 

    उनले भनेका छन्, ‘देशको धरातलीय यथार्थ र साथीहरुको सुझावअनुसार हामीले राप्रपा नेपाललाई पुनर्जागृत गरेका छौँ । केही समयको अलमलपछि घर फर्केका छौँ । यो कार्यलाई सार्थक तुल्याउने राप्रपा नेपालका नेता लाक्पा तामाङलाई धन्यवाद ।’

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD