Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

युवा संघका केन्द्रीय सदस्य साेडारीले गरे माओवादी केन्द्र प्रवेश

0 1,640

पहलमानपुर, २२ असार ।। नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा पुर्व कैलाली जिल्ला अध्यक्ष शिवराज साेडारी चन्द लगायतका एक दर्जन नेता, कार्यकर्ताहरुले माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शुक्रवार नेकपा (माओवादी केन्द्र) घाेडाघाेडी नगरकमिटीले आयाेजना गरेकाे पार्टी प्रवेश कार्यक्रममा साेडारीले एमाले परित्याग गरि माओवादीमा प्रवेश गरेका हुन् ।

यस्तै अन्य विभिन्न पार्टी निकट नेता कार्यकर्ताहरु समेत उनी सँगै पार्टीमा प्रवेश गरेकाे माओवादी केन्द्रका नगर अध्यक्ष खगेन्द्र हमाले बताए । पार्टी प्रवेश कार्यक्रममा थप नेता, कार्यकर्ताहरु सहभागी हुने कार्यक्रम भएपनि प्रतिकुल माैसमका कारण सहभागी हुन नसकेकाे उनले बताए । साथै आज प्रवेश गराउन सम्भव हुन नसकेकाहरुलाई अर्काे कार्यक्रम आयाेजना गरि प्रवेश गराईने उनले बताए ।

साेडारी लगायतका नेताहरुलाई पार्टीका केन्द्रीय सदस्य द्वय विरमान चाैधरी, लाल बहादुर साेडारी, केन्द्रीय सदस्य तथा महिला नेतृ सरु चाैधरी, प्रदेश सदस्य तथा कैलाली जिल्ला संयाेजक लाजुराम चाैधरी (अंकित) लगायतका नेताहरुले पार्टीमा स्वागत गरेका हुन् ।

School
टिप्पणीहरू
Loading...